प्रगति पथमा सारथी लघुवित्तः नाेक्सानीबाट एक करोड ७९ लाख नाफामा

Investopaper, श्रावण १३, २०७६ 

सारथी लघुवित्तले गत आर्थिक वर्षमा एक करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको यसै अवधिमा लघुवित्त २७ लाख ५६ हजार नोक्सानीमा थियो ।

समीक्षा अवधिमा १९ करोड ५५ लाख निक्षेप सकलन, ६२ करोड ५० लाख सापटीबाट ८० करोड ४४ लाख कर्जा लगानी गरेको छ। दुई करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको लघुवित्तको खर्चपछिको सञ्चालन नाफा एक करोड ८४ लाख छ ।

यसै अवधिमा जगेडा काेषमा भारी बृद्धीगरि १ कराेड ५२ लाख २ हजार छुट्याएकाे छ । व्यवसायमा पनि यथेष्ट वुद्धी भएकाले प्रतिशेयर अाम्दाानी २६ रूपैया हाराहारीमा पुगेकाे छ ।

सारथी माइक्राेफाइनान्सका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • चुक्ता पुंजी ७ करोड रहेकाे छ ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा 0.१६ प्रतिशत छ,
  • यस अवधिमा लघुवित्तकाे प्रति सेयर आम्दानी (ईपिएस) २५ रूपैया ६६ पैसा र
  • कोषको लागत १३.४७ प्रतिशत रहेकाे छ ।

सत्यवति लघुवित्त सँग मर्जर प्रक्रियमा रहेको लघुवित्तको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको भने लघुवित्तले साधारण शेयर (आइपिओ) निष्काशन गरेको छैन । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *