एनसीसी बैैकको २२ औं वार्षिक साधारणसभा सम्पन्नः लाभांश पारित
माघ १७, २०७६ | Investopaper
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शुक्रबार सम्पन्न २२ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने १५ प्रतिशत लाभांश पारित गरेको छ।
सभाले पूँजीको १५ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो।
सभामा बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकले बिग मर्जरको लागि कुरा गरिरहेको भएपनि निष्कर्शमा पुग्न नसकेको बताउनु भएकाे छ। साेही प्रयाेजनका लागि अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
शेयरधनीहरुको विरोधपश्चात सभाले अध्यक्ष र सञ्चालकहरुको बैठक भत्ता घटाइ क्रमश १८ हजार र १५ हजार रुपैयाँ हुनेगरी प्रस्ताव परित गरेको छ। सञ्चालक समितिले अध्यक्षको २० हजार र सञ्चालकको १६ हजार रुपैयाँ बैठक भत्ता प्रस्ताव गरेको थियाे ।
हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बोनस शेयर वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।
