सेञ्चुरी बैंकको आठौं वार्षिक साधारण सभा सम्पन्नः के के भए त निर्णय ?
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बैशाख १२ गते बिहीबार सम्पन्न भएकाे छ।
कम्पनीकाे आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६.५० प्रतिशत लाभांश पारित गरेको छ। उक्त वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारण सभाबाट पारित २ प्रतिशत बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ।
सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तिन जना स्वतन्त्र संचालकहरू पनि चयन गरेकाे छ । निर्विराेध निर्वाचित हुने संचालकहरूमा राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्य रहेका छन।
