काष्ठमण्डप पुनर्निर्माण ९६ % पुरा, दशैं अघि सक्ने लक्ष्य

इन्भेष्टोपेपर । आश्विन २, २०७

काठमाडौं । एतिहासिक काष्ठमण्डपको पुनर्निर्माण आगामी दशैंअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ ।     
     
काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैंसम्म सक्ने लक्ष्य छ ।  अध्यक्ष शाक्यले अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।    
     
विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौं शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनर्निर्माणको काम २०७५ को वैशाखदेखि शुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा ११ करोड ५० लाख रुपैयाँ दिइसकेको छ ।     
     
पुनर्निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइ सकेपछि सिंख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो ।

सालको काठबाट बनाइएको गजुरमा १३ ओटा चक्की छन् । उक्त सम्पदा पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । प्रयोग हुने काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *