लाेक सेवा आयोगले लिखित परीक्षा स्थगित गर्याे
इन्भेष्टोपेपर । आश्विन २, २०७८
काठमाडौं । लोक सेवा आयोगले यही असाैज ३ गतेदेखि संचालन हुने उपसचिव वा साे सरहकाे तथा ९ गतेदेखि संचालन गर्ने भनिएकाे इन्जिनियर र नायब सुब्बा वा सो सरहको लिखित परीक्षा स्थगित गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै आयोगले एकिकृत परीक्षा प्रणाली अन्तगत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा स्थगित गरेको हो । उक्त परीक्षा असोज ९ गतेबाट सञ्चालन हुने बताइएको थियो ।
यस्तै आयोगले उपसचिव वा सो सरहको खुल्ला समावेसी शिक्षा, शिक्षा प्रशासन र अधिकृत तहको इन्जिनियर खुल्ला तथा समावेसी पदको परीक्षा पनि स्थगित गरेको छ ।
आयोगले अर्को सूचना जारी नभएसम्मका लागि धनकुटा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, दिपायल र जलेश्वरबाट लिइने लिखित परीक्षा स्थगित भएको बताएको छ ।

