आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री

न्भेष्टाेपेपर । चैत्र १६, २०८०

काठमाण्डाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताउनुभएको छ । 

शुक्रवार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलाहरु आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले आजको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले महिलालाई आर्थिक रुपले सबल र सम्पन्न बनाउन नसकेसम्म साँचो अर्थमा महिला सशक्तिकरण हुन नसक्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले महिला उद्यमीहरुलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन गर्न, कर छुट लगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास व्यक्त गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *