कृषि विकास बैंकद्वारा ग्लाेवल मनि वीकमा बिद्यार्थिसंग बैंक कार्यक्रम संचालन, करिव ५६०० छात्र छात्रा लाभान्वित

न्भेष्टाेपेपर । चैत्र १६, २०८०

काठमाण्डाैँ । बिश्व बैंकको आहावनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई Protect your money, protect your future भन्ने नारा सहित ग्लाेवल मनि वीकको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।

यसै सन्दर्भमा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ स्वयम उपस्थित भई कृषि बिकास बैंक लि. कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक बिद्यालय, हरिनगरमा बित्तीय साक्षरता कार्यक्रम संचालन गर्नु भयो ।

विद्यालयका एघार र वाह्र कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंक, विद्युतिय बैंकिंग सेवा, क्रिप्टो करेन्सी, क्यासलेस, पेपरलेस बैंकिग सेवाहरु, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत बचतको महत्व, पारिवारीक खर्चको लेखापालन जस्ता विषयमा जानकारी गराउनु भएका थियाे।

यसका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका,आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पार्नु भएकाे थियाे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले हरिनगरा क्षेत्रका कर्जाग्राहकहरुसंग कृषि बिकास बैंक लि.ले प्रदान गर्दे आएको सेवा सम्वन्धमा जानकारी समेत लिनुभयो ।

यसैगरि बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञ प्रकाश न्यौपाने, दीर्ध बहादुर अर्याल र प्रेम कुमार श्रेष्ठको उपस्थितिमा बैंकका सबै प्रदेश कार्यलयहरुले चैत्र ५ देखी ११ गतेसम्म विभिन्न सामुदायिक विद्यालय लगायत बिभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गर्नुभएको थियाे । यस बृहद कार्यक्रमबाट करिव ५६०० छात्र छात्रा लाभान्वयित भएका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *