विचित्रकी महिला, जसले पुरुषको आवाज सुन्न सक्दिनन्

न्भेष्टाेपेपर । कात्तिक १९, २०८१

चाइनाकी एकजना महिलाको यस्तो समस्या छ कि त्यस्तो समस्या भएकी सायद उनी दुनियाँकै एकमात्र महिला हुन सक्छिन् ।

समाचार अनुसार ती महिलाले पुरुषको आवाज सुन्न सक्दिनन् । चेन नामकी महिला यस्तो अनौठो रोगसँग संघर्ष गरिरहेकी छन् । उनले केवल महिलाको मात्र आवाज सुन्न सक्छिन् ।

ती महिला पहिले सामान्य नै थिइन् । तर एकदिन रातको समयमा उनको कानमा घण्टी बजेझैँ भयो । केही बेरपछि उनलाई बान्ता पनि हुन थाल्यो । त्यसपछि उनको कानले सुन्न छाड्यो ।

डाक्टरका अनुसार उनको कानले अझैपनि न्यून आवृत्तिको आवाज सुन्न सक्दैन त्यसलाई Reverse-slope hearing loss भनिन्छ । ती युवती आफ्नो ब्वायफ्रेण्डको आवाज सुन्न छाडेपछि त्यो समस्या लिएर अस्पतालमा पुगेकी थिइन् ।

वास्तवमा पुरुषको आवाज न्यून फ्रिक्वेन्सीको हुने हुनाले उनले सुन्न सक्दिनन् । महिलाको आवाज चाहीँ पुरुषको भन्दा उच्च फ्रिक्वेन्सीको हुने भएको हुँदा उनले सुन्ने गर्दछिन् ।

— एजेन्सीको सहयोगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *