तिहारपछिकाे पहिलाे दिन नेप्सेमा सामान्य अंककाे गिरावट, सवा ४ अर्बको कारोबार

न्भेष्टाेपेपर । कात्तिक २०, २०८१

काठमाडौँ । तिहारको बिदापछि खुलेको पहिलो दिन नै नेप्से ०.२१ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २६७७.४० बिन्दुमा बन्द भएको हो ।

मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढ्यो भने १२३ कम्पनीको मूल्य घट्यो । कूल ७ कम्पनीको मूल्य स्थिर रह्यो । ४७ हजार ५१५ पटकको सेयर किनबेचबाट ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कूल ९७ लाख १३ हजार ७१३ कित्ता सेयर किनबेच भएका छन् ।

७ उपसमूहमा सेयरको मूल्य बढ्यो भने ६ उपसमूहमा घट्यो । बढ्ने उपसमूहमा निर्जीवन बीमा, होटल तथा पर्यटन, हाइड्रोपावर अघि रहे । घट्ने उपसमूहहरूमा व्यापार, विकास बैंक, बैकिङ र उत्पादन तथा प्रशोधन रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *