उराँव समुदायले मनाए सुकराती जतरा

न्भेष्टाेपेपर । कात्तिक १९, २०८१

इनरुवा ।  तिहारको अवसरमा सुनसरीका उराँव समुदायले सुकराती जतरा पर्व मनाएका छन् । सुनसरीको इनरुवा, भोक्राहा नरसिंह १ डुमडा टोला सहितका स्थानमा उराँव समुदायले सुकराती जतरा पर्व मनाएका हुन् ।

नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार   उराँव समुदायको बसोबास रहेको गाउँठाउँमा सामुहिक रुपमा उराँव समुदायले सुकराती जतरा पर्व मनाएको हो । 

सोमबार मात्रै भोक्राहा नरसिंह-१ उराँव समुदायले समुहिक सुकराती जतरा पर्व मनाएको स्थानीय सम्पतलाल उराँवले बताउनुभयो । पूर्वी नेपालमा दसैँको उल्लास, उमङ्ग, रोमाञ्च कार्यक्रम अघि नै करम जतरा मनाएका उराँवहरुले तिहारमा सुकराती जतरा पर्व मनाएको उहाँले बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *