बीउ वितरण नगरेको आक्रोशमा गोदाम फुटाएर किसानले लगे गहुँको बीउ

इन्भेष्टोपेपर । पुष ८ २०७८

लहान ।  सिरहाको औरही गाउँपालिकाका किसानले समयमा बीउ वितरण नगरेको आक्रोश पोख्दै गाउँपालिकाले खरिद गरी राखेको ३३५ बोरा गहुँको बीउ मङ्गलबार लुटेर लगेका छन् ।गाउँपालिकाले गहुँको बीउ वितरणमा ढिलाइ गरेपछि औरही गाउँपालिका–३, पिप्रा र ५ औरहीका किसानले गोदामको ताला तोडेर गहुँको बीउ लागेका थिए ।

स्थानीय दीपेन्द्र यादवका अनुसार गहुँ छर्ने समय घर्किसकेपछि गाउँपालिकाले बीउ खरिद गरेर ल्यायो । वितरणका लागि बिहानदेखि लाइन लागेका किसानलाई १० बजेसम्म वितरण गर्न कुनै सुरसार नगरेपछि आक्रोशित किसानले गोदाम तोडेर बीउ लगेका हुन् ।

सुरक्षाकर्मी नआएसम्म गहुँ वितरण गर्न समस्या हुने भनेर सुरक्षाकर्मी आएपछि मात्रै वितरण गर्ने तयारी गरिरहेको कृषि शाखाका प्रमुख राजदेव यादवले भन्दै सुरक्षाकर्मी आउन ढिलो गरेपछि किसानले गोदाममा रहेका ३३५ बोरा गहुँको बीउ लुटिएको जानकारी दिनुभयो ।

केही राजनीतिक दलको उक्साहटमा बदनामी गराउने उद्देश्यले गहुँको बीउ लुटिएको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले बताउनुभयो । बीउ लुटन संलग्नमाथि कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी गराई कारबाही गर्न माग गरेको उहाँले बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *