सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

इन्भेष्टाेपेपर । कात्तिक २५, २०८२

काठमाण्डौ । यही कार्तिक २४ गते बसेको सानिमा बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ साल माघ १२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकाे छ । 

ललितपुरका स्थायी वासिन्दा आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगाल्नु भएकाे छ । हाल वहाँ सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आउनुभएकाे छ ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र MNIT, Jaipur मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गर्नुभएकाे छ । साथै, वहाँको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *