कोरला नाकाबाट ३ अर्ब बढी राजस्व सङ्कलन

इन्भेष्टाेपेपर । कात्तिक २१, २०८२

मुस्ताङ ।  मुस्ताङ भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्व दुई करोड ७३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार गएको तीन महिनामा एक हजार चार सय ९८ वटा विद्युतीय गाडीका साथै ६ सय ७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक गाडीले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्याएका छन् ।

बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकाबाट चीनसँगको मुलुकको आयात निर्यात जारी छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *