स्वास्थ्यकाे लागि खुर्सानीः यस्ता छन रासायनिक तत्व तथा आर्युवेदिक फाईदाहरु

Investopaper, चैत्र १९, २०७५

हामीले दैनिक सेवन गर्ने खुर्सानीका फाईदाहरु तपाईलाई थाहा नहुन सक्छ । खुर्सानीलाइ शून्य क्यालाेरी मानिन्छ भने प्रशस्त मात्रामा भिटामिन र मिनरल्सहरू पाइन्छन । जुन स्वास्थ्यकाे लागि अति अावश्यक हुन्छ भने अायुर्वेदिक महत्व समेत उच्च छ ।

त्यसैगरी हामीले खुर्सानीलाई मसलाकाे रूपमा खानाका परिकारहरुमा प्रयोग गर्छौ । हरियाे खुर्सानीको ढेडी (कोसा) खाना खाने क्रममा खानु पनि लाभदायक हुन्छ । यसबाहेक खुर्सानीकाे प्रयोग भिन्न तरिबाट गरेर पनि अधिक लाभ लिन सकिन्छ ।

खुर्सानीको महत्व बुझेर यसको प्रयोग गर्ने हो भने यसले ओखतीकै काम गर्छ । हामीले खुर्सानीका केही महत्वपूर्ण फाईदाहरु तल उल्लेख गरेका छौँ ।

खुर्सानीमा पाइने रासायनिक तत्व तथा स्वास्थ्यमा हुने फाईदाहरुः

१. खुर्सानीमा भिटामिन सि प्रचुर मात्रामा हुन्छ जसले हाम्रा अांखा तेजिलाे बनाउन मद्दत गर्दछ भने छालालाइ पनि नरम र चंकिलाे बनाउंछ ।

२. खुर्सानीमा वेटा क्याराेटिन तथा एन्टिअक्सिडेण्ट प्रशस्त पाइन्छ जसले चाेटपटक लागेमा छिटाे निकाे बनाउन तथा राेग प्रतिराेधी क्षमता वृद्धी गरिदिन्छ । रूघाखाेकी, फ्ल्यू बाट बचाउंछ । जाेर्नीकाे दुखाइ कम गरिदिन्छ अनि थुनिएकाे नाक खाेल्न मद्दत गर्दछ ।

३. खुर्सानीकाे सेवनले पाचन प्रकृयामा मद्दत गर्ने र्याल (थुक) निकाल्न सहयाेग गर्छ । अान्द्रा भित्रकाे ग्यास कम गराउने हुंदा गेष्ट्रिक र अल्सरमा समेत लाभदायक हुन्छ । अकवरे खुर्सानी अरू लाभदायक मानिन्छ ।

४. स्वस्थ्य मुटुकाे लागी खुर्सानीकाे अहं भूमिका छ । यसले रक्तकणहरू जम्नबाट बचाउंछ, काेलेष्ट्राेल र लिपिडलाइ घुलनशील बनाइदिन्छ । तसर्थ रक्त प्रवाहमा सकारात्मक असरपरि मुटु स्वस्थ्य राख्न मद्दत गर्दछ ।

५. हरियाे खुर्सानीमा इन्डाेर्फिन पाइने हुनाले हाम्राे दिमागलाइ उत्प्रेरित गर्छ र दुखाइ कम गर्न मद्दत गर्छ ।

६. हरियाे खुर्सानीले रगतमा हुने चिनीकाे मात्रालाइ सन्तुलित राख्न मद्दत गर्दछ । त्यसैले मधुमेहका विरामीकाे लागि समेत लाभदायक छ ।

खुर्सानीका आर्युवेदिक फाईदाहरुः

१. यदि बङ्गारा दुखेको छ भने सफा सिलौटामा मसिनो गरी खुर्सानीमा पानी मिसाई पिँध्ने । त्यसपछि कपडाछान गर्ने । वायाँ वङ्गारो दुखेको भए दाहिने कानमा यसको झोल हाल्ने । खुर्सानी पानीले पोल्यो भने अलिकति घ्यू मनतातो पारेर एक दुई थोपा कानमा हाल्दा सन्चो हुन्छ ।

२. पुरानो खुर्सानीको बोटको जरालाई चन्दन बनाएर मोतीया बिन्दु हुन लागेको आँखामा लगाउदा आराम गर्छ ।

३. एउटा खुर्सानीलाई पानीमा डुवाई त्यसलाई छानेर अलिकति मह मिसाई कुल्ला गरेमा घाँटीको घाउ निको हुन्छ । तर केही बेर भने पोल्न सक्छ ।

४. तीन वटा खुर्सानी, एउटा कागती, तीन मासा बदाम, तीन ग्राम मिश्री र बबुरको गुँद पिध्ने र गोली बनाएर दिनमा दुई–दुई पटक गोली मुखमा राखी चुस्नुपर्छ । बसेको स्वर खुल्छ ।

५. एउटा खुर्सानी पानीमा हाली खुव पिँधि चन्दन जस्तो भएपछि शुल भएको ठाउमा लेप लगाएमा दुख्न छोड्छ ।

६. एउटा खुर्सानीमा पानी हालेर त्यसलाई धेरै नै पिँधेर चन्दन जस्तो लेप तयार पारेपछि मनतातो बनाई दुखेको ठाउँमा लेप गर्दा दुख्न छोड्छ । लेप लगाएको ठाउमा सहन नसक्ने गरी पोल्यो भने १५ मिनेट पछि लेप हटाई पोलेको ठाउमा गाईको घ्यू लगाउने ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *