अस्पतालले मृत घोषित शिशु दाहसंस्कारमा लैजाँदा चल्मलाएपछि

न्भेष्टाेपेपर ।  माघ ४ २०७९

काठमाण्डाैँ । कोशी अस्पतालले मृत घोषणा गरिएको शिशु दाहसंस्कार गराउन लाग्दा  जीवित  भेटिएका छन्।

उनलाई आज  कोशी  अस्पतालले मृत घोषणा गरेको थियो। तर,  दाहसंस्कार गराउन लगिएको बेला जिउँदै भेटिएपछि उनलाई  उपचारका लागि अस्पताल फर्काइएको हो।

१७ दिनको शिशुलाई आज बिहान कोशी अस्पतालमा उपचारको लागि लगेका थिए। तर, उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि आफन्तले दाहसंस्कार गर्ने बेलामा शिशुको शरीर चल्न थालेपछि अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

यता,  शिशु जीवितै पाइएपछि आक्रोशित भएका आफन्तले ड्युटीमा खटिएका  दुईजना चिकित्सकमाथि कुटपिटसमेत गरेका छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *