कुमारी बैंकको साधारण सभा सम्पन्नः बोनस अनुमोदन

Investopaper, असाैज १३, २०७६

कुमारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भ्एकाे छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको चुक्ता पूँजीको दश प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश अनुमोदन गरेको छ।

बैंककाे असोज ११ गते नक्सालस्थित नक्साल ब्यानक्वेटमा सम्पन्न भएको साधारण सभाले शेयर धनीहरुलाई आ.व.२०७५/०७६ को लागि १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड कायम भएको छ।

यसैगरि बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाले प्रस्तुत गरेकाे बार्षिक प्रतिवेदनमा उल्लेखित आ.व. २०७५/०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा सञ्जाल, ९३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखा रहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *