नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

न्भेष्टाेपेपर । असार ४, २०८०

काठमाडौ । नागरिक लगानी कोष र खल्ती प्रा.लि बीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
 
उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षण गरेका हुन् । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकहरुलाई आवद्धता गराइ रकम संकलन गर्न सहयोग पु¥याउने छ । 

यो सँगै आर्थिक वर्ष २०८०/८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने  उल्लेख भएकोले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुगने अपेक्षा गरिएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *