ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौता

इन्भेष्टाेपेपर । मङ्सिर २६, २०७७ 

ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ ।

आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *