नेपाल सरकार,समृद्धिका लागि वन परियोजना र कृषि विकास बैंकबीच सम्झौता

इन्भेष्टोपेपर । असार ३, २०७

विश्व बैंककाे सहयाेगमा नेपाल सरकार द्वारा संचालित समृद्धिका लागि वन परियोजना र कृषि विकास बैंकबीच साठी लाख बराबरकाे सहायक ऋण संझाैता सम्पन्न भएकाे छ ।

उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सुवेदीले हस्ताक्षर गर्नुभएको छ भने कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमूख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सम्झौतामा हस्ताक्षर गर्नुभएकाे हाे।

नेपाल र अन्तर्राष्ट्रीय विकास संस्था (विश्‍व बैङ्क) बीच रणनैतिक जलवायु कोष (Strategic Climate Fund) अन्तर्गत समृद्धिका लागि वन परियोजना सञ्‍चालनको लागि कुल अमेरिकी डलर १,७९,००,००० ।- (अमेरिकी डलर एक करोड उनासी लाख) काे ऋण सम्झौता भएकाे थियाे ।

साेही मूल सम्झौताको आधारमा वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न विनियोजित अमेरिकी डलर ६०,००,०००।- (अमेरिकी डलर साठी लाख) बराबर नेपाली मुद्रामा नेपाल सरकारले सहायक ऋणको रुपमा कृषि विकास बैंकलाई उपलब्ध गराउने सहमति अनुरूप संझाैता भएकाे हाे ।

यस कार्यक्रमको पहिलो चरणमा कृषि विकास बैंकले बन तथा वातावरण मन्त्रालय अन्र्तगत रहेको रेड कार्यान्वयन केन्द्र (REDD Plus) संग समन्वय गरी प्रदेश नं. २ र लुम्विनी प्रदेशका वन तथा वनजन्य उद्योग व्यवसायिहरुलाई कर्जा उपलब्ध गराउने छ ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी , विभागीय प्रमुख विना शर्मा र अर्थ मन्त्रालयका उपसचिव द्धय दिपक गौतम तथा ढाकाराम तिवारीको उपस्थिती रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *