नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक शेयर बिक्रीमा
इन्भेष्टोपेपर । असार ३, २०७८
नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समूह अन्तर्गतकाे नाै लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु.१४०।– रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ,संस्था तथा व्यक्तिहरुले मिति २०७८ असार २ गते देखि मिति २०७८ असार १६ गते सम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
