नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपालबीच सम्झौता

इन्भेष्टाेपेपर ।  वैशाख ७, २०७९

काठमाण्डाैँ । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा काठमाडौंमा सम्पन्न “युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने” विषयमा संचालित दुई दिने कार्यशालाको प्रायोजन गरेको छ ।

नबिलबैंकको तर्फबाट नायब महाप्रबन्धक– आदर्श बजगाईं र (पिआईएससी नेपाल)का कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धनगर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गर्नुभएकाे थियाे ।

युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्तगर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्व विद्यालयका विद्यार्थी, इच्छुक उद्यमी लगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए।

उत्कृष्ट अवधारणा पिआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ। उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *