तरलताको समस्या तत्काल समाधानका लागि पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

इन्भेष्टोपेपर । कार्तिक २७, २०७८

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रबार  भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्र्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यवसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गर्नुभयो ।

“विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट सिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो । तर अहिले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ । यसलाई तत्काल समाधान गरिएन भने यसले ठूलो र दीर्घकालिन समस्या पु¥याउनेछ,” उहाँले भन्नुभयो । उहाँले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि सरकारको ध्यानाकर्षण गरिसकेको बताउनुभयो ।

यस वर्ष बजेट ल्याउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकोले बजारमा तरलता अभाव देखिएको उहाँले बताउनुभयो । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको चर्चा गर्दै उहाँले राज्यका हरेक संयन्त्रले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

“यो स्पष्ट छ कि निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन हो । सफल व्यवसायहरुले आर्थिक वृद्धि गर्छन्, रोजगारी सृजना गर्छन् र कर तिर्छन् जसबाट विभिन्न सेवा र लगानीको लागि फाइनान्स हुन्छ ।

विकासोन्मुख देशहरुमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुन्छ । यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको हुन्छ, लगानीको लागि रकम जुटाउँछ र सरकारी राजश्वमा महत्वपूर्ण योगदान गर्छ,” त्यसैले निजी क्षेत्रसँग सहकार्य गर्दा विकास र आर्थिक वृद्धि सहज हुन्छ ।


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *