अजोड इन्स्योरेन्सको गुल्मी जिल्लामा तालीम तथा घुम्ति बीमा सेवा
इन्भेष्टाेपेपर । असार ६, २०७९
काठमाण्डाैँ । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ ।
अजोड इन्स्योरेन्स गुल्मी शाखाका प्रमुख सन्तोष न्यौपानेले संचालन गर्नु भएको उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता रहेको थियो ।
इश्मामा अन्तर्क्रिया तथा घुम्ति बीमा सेवाः
अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्नगरि घुम्ति बीमा सेवाबाट बीमाशुल्क रकम रु. ८,८१,७५०।– (अक्षेरेपी आठ लाख एकासि हजार सात सय पचास मात्र) संकलन गरिएको थियो ।
सो अवसरमा इश्मा गाऊपालिका वडा नं.१ का वडा अध्यक्ष शेर बहादुर कुवरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा दिपकपोखरेल र प्रेम राज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियो। उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
