पूर्वेली लोकलयमा निकेश राईकाे ‘लाहुरे माइला’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टाेपेपर ।  असार ६, २०७९

काठमाडौं  । मकालु–१, वालुङ, संखुवासभामा जन्मिएका गायक तथा संगीतकार निकेश राई नेपाली गीत संगीतमा परिचित नाम हो। उनले हालसम्म तीन सयको हाराहारीमा संगीत भरिसकेका छन् भने सय वटा जति गीतमा स्वर दिइसकेका छन्। 

हालै उनको नयाँ गीत अशोक मुकारुङ र सुनिता संयोगको युगल आवाजमा सजिएको ‘लाहुरे माइला’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत निकेश राईको छ। ‘लाहुरे माइला’ पूर्वेली लोकलयमा आधारित गीत हो।

गीतको भिडियो  अफिसियल युट्युब च्यानल निकेश राईमार्फत् सार्वजनिक भएको छ। राजु कार्कीको एरेन्ज रहेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो। भिडियोमा छायांकन किरण राई र सुरेश राई तथा सम्पादन नवीन घर्तीमगरले  गरेका छन्। भिडियोको परिकल्पना पनि निकेश राईकै रहेको छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *