सुनसरी घटनापछि सर्वदलीय अपिल : पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राखौँ
इन्भेष्टाेपेपर । साउन १३, २०८३
काठमाडौँ । सुनसरी घटनापछि विभिन्न दलहरूले संयुक्त वक्तव्य र अपिल जारी गर्दै पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
सत्तारूढ दल रास्वपा सभापति रवि लामिछानेले आज बोलाउनुभएको सर्वदलीय बैठकबाट दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गरेका हुन् ।
बैठकमा कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी हुनुहुन्थ्याे ।
७ बुँदे संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ ।
बैठकले पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
जारी संयुक्त वक्तव्यकाे पूर्णपाठः


