आँधिखोला लघुवित्तको आइपीओ आजदेखि : कति कित्ता भर्ने त ?

Investopaper, असार २२, २०७६

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वराधारणकाे लागी साधारण सेयर (आइपीओ) आजदेखि खुला भएको छ । उक्त शेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ ।

असार २२ गते (आइतबार) देखि खुल्ने सेयर छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते बन्द हुने छ  । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड ताेकिएकाे छ ।

हाल कम्पनीको चुक्तापुँजी ६ करोड छ । हाल जारी गरिएकाे ४ लाख कित्ताकाे आईपीओ निष्कासन बाँडफाँडपश्चात पुँजी १० करोड रुपैयाँ पुग्नेछ । निस्काशित ४ लाख कित्तमध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई, ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ ।

अन्य कम्पनीकाे साधारण शेयर जस्तै नियमानुसार मेराे शेयर तथा सिआस्वा भएका बैंक तथा वित्तीय संस्थाबाट शेयर आवेदन दिन सकिने छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । लघुवित्तकाे प्रतिशेयर नेटवर्थ  १ सय ३ दशमलव ३८ रुपैयाँ रहेको छ ।

याे लघुवित्तकाे केन्द्रीय कार्यालय स्याङजा जिल्लाकाे भीरकोट-१ बयरघारीमा रहेकाे छ । हाल यसका १० जिल्लाहरू स्यांजा, कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्लामा १९ वटा शाखा रहेकाछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *