कोपा अमेरिका फुटबल: ब्राजिलले पेरूलाई हराउदै ट्रफि उचाल्याे

Investopaper, असार २3, २०७६

काेपा अमेरिका फुटवलकाे उपाधि आयोजक राष्ट्र ब्राजिलले जितेको छ ।

आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।

खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । यसैगरी ४४ औ मिनेटमा पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १-१ गोलको बराबरी दिलाएका थिए । यसकाे लगत्तै पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २-१ गोलको अग्रता दिलाए ।

पहिलाे हाफमा २-१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३-१ गोलको जित दिलाए ।

एक गाेल गरेका र अर्काे गाेलकाे लागि सहयाेगी भूमिका निभाएका ग्याब्रिएल जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए । यसरी खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *