अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने
इन्भेष्टाेपेपर । असार ३१, २०७९
पाेखरा । अन्नपूर्ण केवलकार नियमित मर्मत सम्भारको लागि १ हप्ताकाे लागि बन्द हुने भएकाे छ ।
पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि मिति २०७९ साल असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२ जुलाई १५ देखि २२ तारिख) गते सम्म बन्द रहने भएकाे हाे ।
साथै केवलकारको सेवा मिति २०७९ साल श्रावण ७ गते शनिवार (तदनुसार जुलाई २३, २०२२) बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने एक विज्ञप्ति मार्फत कम्पनीले जनाएकाे छ ।
