अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सेवा सम्वन्धी सम्झौता
इन्भेष्टाेपेपर । असार ३१, २०७९
काठमाण्डाैँ । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ ।
बिहीवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हाे ।
यस सम्झाैता पश्च्यात अजोड इन्स्योरेन्स लिमिटेडकाे शेयर सम्वन्धी सम्पूर्ण काराेवार कुमारी क्यापिटल लिमिटेडले गर्ने छ ।
