माछापुच्छ्रे वैंककाे नाफामा ३६ प्रतिशत वृद्धी, व्यवसाय वृद्धी २० प्रतिशतकाे हाराहारीमा

Investopaper, श्रावण ०३, २०७६

गत आर्थिक बर्षमा माछापुच्छ्रे बैंकले १ अर्ब ७० करोड खुद नाफा कमाएको छ । आर्थिक बर्ष ०७४/७५ मा बैंकले १ अर्ब २४ करोड नाफा कमाएकोमा गत आर्थिक बर्षमा ३६.३२ प्रतिशतले नाफा बढाएको हो । व्यवसाय वृद्धी भने २० प्रतिशतकाे हाराहारीमा छ ।

बैंकको वितरणयोग्य मुनाफा (फ्रि प्रफिट) भने १ अर्ब ३२ करोड मात्र रहेको छ । नयां लेखा प्रणाली एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले फ्रि प्राेफिट अझ तलमाथि हुनसक्छ ।

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ६ करोड रहेको छ । ८५ अर्ब १९ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २९ करोड रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष १ अर्ब ४५ करोड रहेको छ।

वैंकले जगेडा काेषमा ३८.७० प्रतिशतले वृद्धीगरि मजबुद बनाएकाे छ भने व्यवसाय वृद्धी २० पेतिशतकाे हाराहारीमा रहेकाे छ । यस अवधिमा वैंकले निष्कृय कर्जा गतकाे तुलनामा घटाएकाे छ ।

माछापुच्छ्रे वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • वैंकको चुक्ता पुंजी ८ अरव ६ करोड छ र यस अवधिमा कुनै वृद्धी भएकाे छैन ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा 0.३७ प्रतिशत छ,
  • यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) २१रूपैया १५ पैसा,
  • प्रति सेयर नेटवर्थ १३९.५७ रूपैंया,
  • आधार ब्याजदर १०.३७ प्रतिशत ,
  • कोषको लागत ७.८८ प्रतिशत
  • स्प्रेड रेट (ब्याजदर अन्तर) ४.२७ प्रतिशत
  • सीसीडि ७६.९८ प्रतिशत ,
  • मूल्य आम्दानी अनुपात १२.४८ गुणा र
  • सेयरकाे बजारमूल्य २६४ रूपैया रहेकाे छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *