आर्मीलाई सोझो सेटमा हराउँदै एपिएफ बन्याे राष्ट्रिय महिला भलिबलको च्याम्पियन

Investopaper, वैशाख १८, २०७६

यस पटक पनि विभागीय क्लब एपिएफले मंगलबार पाँचौँ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै लगातार पाँचौँपटक च्याम्पियन बनेको हो । एपीएफले आर्मीलाई २५–१४, २९–९ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो ।

बिगत ५-६ बर्षदेखि महिला भलिवलकाे घरेलु प्रतियाेगितामा लगातार एकछत्र राज रहदै आएकाे छ । सधै जसाे नेपाल पुलिस क्लव वा न्यू डायमण्ड क्लव संग फाइनल प्रतिस्पर्धा गर्ने एपिएफकाे महिला भलिवल टिम यस पटक भने त्रिभुवन आर्मी क्लब नयाँ प्रतिद्वन्व्दीकाे रूपमा देखा पर्याे ।

यस प्रतियोगिताको तेस्रो स्थानकाे लागी भएकाे प्रतिस्पर्धामा न्यू डायमण्डले विजयी भएकाे छ । न्युडायमण्डले नेपाल पुलिसलाई २५–२२, २५–१८ र २५–२२ को सोझो सेटमा हराएको थियो ।

विजेता एपीएफले नगद २ लाखसहित ट्रफि हात पार्याे । त्यस्तै, उपविजेता बनेको आर्मीले १ लाख नगद प्राप्त गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *