न्यु डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन

Investopaper, पौष २९,  २०७६

काठमाडौँ । न्यु डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । आयोजक टोली न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपीएफले उपाधि जितेको हो ।

यसपटककाे प्रतियाेगिता तेश्राे संस्करण हाे । यसअघिका दुई संस्करणमा पनि यी दुई टिम फाइनलमा भिडेका थिए । पहिलो संस्करण न्यु डायमन्डले जितेको थियो  भने दाेश्राे र तेश्राे संस्करण लगातार एपीएफ विजयी भएकाे छ । 

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न फाइनलमा न्यु डायमन्डले एपीएफविरुद्ध बलियो प्रदर्शन गर्न सकेन । एपीएफले पहिलो सेट २५–२० ले जितेको थियो  भने निकै प्रतिस्पर्धात्मक रहेकाे दोस्रो सेट समेत २५–२३ ले गुमाउन पुग्यो । तेस्रो सेटमा एपीएफ २५–१८ ले हाबी हुँदा न्यु डायमन्ड पुनः उपविजेतामै सीमित हुनुपर्‍यो ।

यस प्रतियाेगिताकाे उपाधि विजेता एपीएफले ४ लाख १ सय १ रुपैयाँ पुरस्कार पाएको छ । न्यु डायमन्डले ३ लाख १ सय १ रुपैयाँ पुरस्कार पाएको छ । तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गरेको नेपाल पुलिसले १ लाख १ सय १ रुपैयाँ पुरस्कार पाएको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ नगदसहित सान्त्वना पुरस्कार पायो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *