नेपालका लागि नयाँ भारतीय राजदूतमा विनयमोहन क्वात्रा नियुक्त

Investopaper, माघ ०१,  २०७६

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीकाे तीन वर्षे कार्यकाल समाप्तीपछि भारतले नेपालको लागि  नयाँ राजदूतमा विनयमोहन क्वात्रालाई नियुक्त गरेको छ ।

राजदूत मञ्जिभसिंह पुरीकाे तीन वर्षे कार्यकाल  गत डिसेम्वरमा सकिएको थियो ।

विनय मोहन यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सको राजदूत थिए । उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सह–सचिवका रूपमा समेत काम गरिसकेका छन् ।

भारतकाे लागि राष्ट्रसंघ लगायत विभिन्न देशमा काम गरिसकेका विनयमाेहन अनुभवी कूटनीतिज्ञको रूपमा चिनिन्छन् । क्वात्रा फेब्रुअरीको पहिलो साता काठमाडौं आइपुग्ने भारतीय संचार माध्यमले जनाएकाछन् ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *