पक्षघात भएका बिरामीको हात खुट्टा चलाउने प्रविधी ‘एक्सोस्केलेटन’

Investopaper, पौष २९,  २०७६

चिकित्सा विज्ञानका लागि सन २०१९ काे वर्ष अविस्मरणीय बनेको छ। निदान गर्न नसकिने किसिमका रोगको पनि उपचार सम्भव भएसँगै यो वर्ष मेडिकल विज्ञानले ऐतिहासिक फड्को मारेको हो।

पक्षघातको उपचार गर्ने पद्धतिको विकास र मृत्युपछि पनि मृतकको दिमागलाई सकुशल र सक्रिय राख्न सक्ने किसिमका मेसिनहरूको आविष्कारले यो वर्ष उपलब्धीमूलक र ऐतिहासिक रहन पुगेको हो। 

पक्षघातका बिरामीको दिमागले नियन्त्रित गरेर त्यसैअनुरुपको क्रिया गर्न लगाउन सकिने एक्सोस्केलेटन अर्थात् बाहिरी कवचको आविष्कारले चिकित्सा क्षेत्रले ठूलो उपलब्धी हासिल गरेको बताइएको छ।

उक्त एक्सोस्केलेटनको परिक्षण ३० वर्षीय थिबोल्टमाथि गरिएको छ। उनी विगत २ वर्षदेखि पक्षघातको शिकार भएका थिए। उक्त एक्सोस्केलेटनको सहायताले हात र खुट्टा चलाउन सक्ने भएपछि उनले आफूलाई चन्द्रमामा पुग्ने पहिलो व्यक्तिसँग तुलना गरे। 

‘चन्द्रमामा पुग्ने पहिलो मान्छेको जस्तो हर्षको अनुभव भयो‚’ उनले भने‚ ‘म दुई वर्षदेखि हिँड्न सकिरहेको थिइनँ। म सँगै कोठमा बस्नेको तुलनामा केही अग्लो कदको थिएँ भन्ने पनि बिर्सिसकेको थिएँ।’

उनका चारवटा अङ्गमा पक्षघात भएको थियो। अब उनी उनका पक्षघात भएका ४ वटै अङ्ग चलाउन सक्छन्। यद्यपि उनलाई त्यसैमा मात्र भर परेर बाहिर हिँड्न दिइएको भने छैन। 

यो आविष्कार चिकित्साजगतकै अभूतपूर्व आविष्कार भएको बताइएको छ। तारहरूको जडान गर्नुपर्ने भएकाले केही असर गर्न सक्ने भएकाले त्यस विषयमा थप अध्ययन गरेरमात्र बाहिर ल्याउने गरी अहिले ल्यावमा सो एक्सोस्केलेटनको परीक्षण गरिएको छ।

‘अब हामी आगामी दिनमा आफैंले नियन्त्रण गर्न सक्ने एक्सोस्केलेटनको आविष्कार गर्छौं। त्यसका लागि धेरै नै अध्ययनको जरुरी हुन्छ’ फ्रान्सस्थित यूनिभर्सिटी अफ ग्रेनोबल अल्प्सका प्रध्यापक अलिम लुइसले भने‚ ‘प्रायः सबै समस्याहरूको समाधान भइसकेको छ‚ अब हामी अरू तीन जनालाई परीक्षण गर्ने तयारीमा छौं।’

— स्वास्थ्य खवरपत्रिकाबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *