टोकियो ओलम्पिकमा चीनकाे दवदवा कायमै, ३२ स्वर्णसहित शीर्ष स्थानमा

इन्भेष्टोपेपर । श्रावण २०, २०७

काठमाण्डाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीनकाे दवदवा कायमै रहेकाे छ । चीन ३२ स्वर्ण पदकसहित ६९ पदककासाथ शीर्ष स्थानमा कायम छ । कूल पदक तालिकामा भने अमेरिका चार पदकले अगाडि रहेकाे छ । 

चीनले हालसम्म ३२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कूल ६९ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २४ स्वर्ण, २८ रजत र २१ कास्यसहित कूल ७३ पदक प्राप्त गरेको छ भने जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्य पदकसहित कूल ३६ पदक प्राप्त गर्न सफल भएको छ ।

यसैगरी अस्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १६ कास्य पदकका साथ चाैथाे स्थानमा रहेको छ । अष्ट्रेलियाले कसल ३४ पदक प्राप्त गरेकाे छ । यस्तै १३ स्वर्ण, २१ रजत र १८ कास्य पदककासाथ ५२ पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचाैं स्थानमा रहेको छ । 

संयुक्त अधिराज्य बेलायत १३ स्वर्ण, १७ रजत र १३ कास्यसहित ४३ मेडलकासाथ छैटौँ र जर्मनी ८ स्वर्ण, ८ रजत र १४ कास्यका साथ सातौँ स्थानमा रहेका छन् । जर्मनीले अहिलेसम्म कूल ३० पदक हात पारेकाे छ ।

यसैगरि फ्रान्स, नेदरलैण्ड र दक्षिण काेरियाले समान ६ / ६ वटा स्वर्ण पदक हासिल गरेकाछन । रजत पदक क्रमश १०, ८ र ४ वटा प्राप्त गरेकाले पदक तालिकाकाे आठौँ, नवौँ र १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८४ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *