चन्द्रागिरिमा बाबा रामदेवको योग ध्यान तथा प्रशिक्षण

इन्भेष्टोपेपर । मंसिर ४, २०७८

काठमाडौं । भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गर्नुभएकाे छ।

बिहीबार नेपाल आउनु भएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बस्नुभएकाे हाे। शुक्रबार साँझ त्यहाँ पुग्नुभएका उहाँलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गर्नुभएकाे थियाे।

रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराउनु भएकाे हाे। शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान पाँच बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो।

शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरु त्यहाँ पुगेका थिए। त्यस प्रशिक्षणमा योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण सहभागी हुनुहुन्थ्याे।

त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिपलाइनमा पनि सयर गर्नुका साथै चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गर्नुभएकाे थियाे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *