गाजरको नियमित सेवनले मुटु, क्यान्सर जस्ता राेगबाट समेत बचाउँछ

इन्भेष्टोपेपर । मंसिर ४, २०७८

गाजर मनिसहरुले बिशेषगरि खाना पछिको सलाद, अचार लगाएतको रुपमा प्रयोग गर्ने गरिन्छ । तपाईहरुलाई थाहा नहुन सक्छ त्यहि गाजरले मानिसको स्वास्थ्यमा निकै फाईदा पुगेका हुन्छन् । आज हामी तपाईहरुलाई गाजाका फाईदाहरुको बारेमा जानकारी दिन गईरहेका छौं । 

यस्ता छन् गाजर सेवन गर्नुका केहि फाईदाहरु

. गाजर खानाले मानिसहरु मटुरोग तथा क्यान्सरबाट बच्न सकिने पुष्टि भै सकेको छ । गाजर खानामा समावेश गर्दा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने बैज्ञानिकहरुले पुष्टि गरेका हुन् । 

२. गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ । 

३. दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथैदात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।

५. हालसालै गरिरिएको एक अध्यननले गाजर खाने महिलाहरुमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार गाजरमा प्राकृतिक रुपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा प्रकाशित एक रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । 

६ . गाजरमा पाइने विटा क्यारोटिनलाई शरीरले भिटमिन ए मा परिवर्तितगरि आँखा तेजिलो पनि बनाउन सहयोग गर्छ ।

७. भिटमिनका कारण रोग प्रतिरक्षा क्षमता बढाउन पनि गाजरले मद्दत गर्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *