स्वादका लागि मात्र नभई स्वास्थका लागि बाँसको तामा

इन्भेष्टाेपेपर ।  साउन २१ २०७९

काठमाडौ । बाँसको तामा धेरैको भान्सामा पाक्ने तरकारी हो । यो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक मानिन्छ । तामाको विभिन्न प्रकारका खाने कुराहरु बन्दछन् । यस्को अमिलो अचार र अमिलाएर बनाएकाे तामा मिश्रीत तरकारी निकै प्रचलित छ । आलु तामा र बाेडी मिसाएकाे तरकारीकाे स्वाद नलिने नेपाली बिरलै हाेलान ।

तामामा भिटामिन बी-६, भिटामिन इ र ए, थायमिन, नियासिन, रिभाेफ्लाभिन, फाेलेटहरू पाइन्छन् भने क्याल्सियम, म्यमग्नेसियम, जिंक, साेडियम, कपर, फस्फाेरस, पाेटासियम जस्ता खनिज पदार्थहरू यथेष्ट मात्रामा पाइन्छन । यी तत्वहरूले हाम्राे इम्युन सिष्टम बलियाे बनाएर राेग प्रतिराेधक क्षमता समेत बढाइ दिन्छन् ।

तामामा पाइने तत्वहरूले धेरै प्रकारका रोगको निदान तथा नियन्त्रण गर्न सहायकसिद्ध हुन्छ । बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्याउँछ । पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ । गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ अर्थात प्रसव वेदना लम्बिदैन ।

तामामा निकै कम चिनीकाे मात्रा (१००० ग्राममा २.५ ग्राम चिनी) हुने हुनाले मधुमेहका विरामीहरूकाे लागि समेत लाभदायी मानिन्छ । चिनीकाे मात्रा मात्र नभै तामामा फ्याट पनि झन कम अर्थात .४९ ग्राम मात्र पाइने हुँनाले मुटु तथा मधुमेहका विरामीहरूकाे लागि स्वास्थ्यमैत्री तरकारी हाे ।

नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ । तामाले  रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ । यसको सेवलने धेरै प्रकारका रोगहरूको नियनत्रण गर्दछ ।

त्यसैगरि तामामा प्राेटिन भने उपयुक्त मात्रामा पाइन्छ जसमा शरीरलाइ चाहिने सबै प्रकारका एमिनाे एसिड हुन्छन जसले स्वास-प्रस्वासका कतिपय समस्या कम गर्नमा ठूलाे भूमिका खेलेकाे हुन्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *