नेपालका विभिन्न बजारमा जुम्लाको काँचो स्याउ बिक्रीमा

इन्भेष्टाेपेपर ।  साउन २१ २०७९

जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ। नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको हो। भदौ १५ गतेअघि  स्याउ नटिप्न कृषि विज्ञदेखि यहाँका स्थानीय तहले समेत सूचित गराइसकेका छन्।

तर, पछि मूल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले जुम्लाको काँचो स्याउ बेच्न थालेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली–गल्ली र चोक चोक तथा फलफूल मन्डीहरूमा जुम्लाको काँचो स्याउ बिक्रीका लागि राखिएका छन्।

त्यस्तै कालिकोट,काठमाडौँ, नेपालगन्ज, धनगढी विराटनगरलगायतका जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले साउनमा पाक्ने ६२ कार्टुन चक्लेटी स्याउ निर्यातका लागि सिफारिस दिएको जानकारी दिए।

किसानले क्षणिक नाफा भन्दा दीर्घकालीन असरलाई ख्याल गर्नुपर्नेमा उनको जोड छ। प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले काँचो स्याउ निर्यात रोक्न सबै संयन्त्र मजबुद बनाउनुपर्ने बताइन्। उनले भनिन्, ‘स्थानीय तहले स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ। यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ।’

स्थानीय तह र जिल्ला कृषि विकास कार्यालय जुम्लाकाले सुचना निकालेर भदौको पहिलो हप्ता भन्दा पछि बेच्नको लागि समन्वय गरिरहेका छन्। किसानलाई आफ्नो स्याउ यो समयमा  बिक्री नगरेपछि घाटा लाग्ने र असिना पानिलगायतले क्षति गर्ने समस्या पनि रहेको किसानले बताउने गरेका छन्। याे समाचार नागरिक दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *