नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता

न्भेष्टाेपेपर ।  फागुन ८, २०८१

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा) की रेखा गुप्ता बन्नुहुने भएको छ। हिजो बेलुका बसेको दिल्लीको भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

त्यसअघि बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखडलाई पर्यवेक्षक तोकेको थियो । दिल्लीको सत्तामा भाजपाको २७ वर्षपछि पुनरागमन भएको हो ।

गुप्ता शालिमारबागबाट विजयी हुनुभएको हो । दिल्ली विधानसभा चुनावमा कुल ७० सिटमध्ये भाजपाले ४८ सिट जितेर सत्तामा फर्किएको हो ।

यसैबीच आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *