नेशनल साईबर ओलम्पियाड–२०८१ आयोजना हुँदै

न्भेष्टाेपेपर ।  फागुन ८, २०८१

काठमाडौं । नेशनल साईबर ओलम्पियाड– २०८१ (National Cyber Olympiad – 2081) को + संस्करणको पहिलो प्रतियोगिता आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गई रहेको नेशनल साईबर ओलम्पियाड–२०८१ फागुन ५ गते देखि काठमाण्डौमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भयो । 

फागुन ५  गते देखि सुरु भएको यस कार्यक्रममा काठमाडौं उपत्यकाका ३० भन्दा बढि + कलेज/स्कूलका टिमहरुले प्रतिस्पर्धा गर्दैछन् ।  नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हो जसमा सहभागी हुन + कलेज/स्कूलका टिमहरुले फागुनको गते सम्म दर्ता गराएका थिए ।

आयोजकका अनुसार यो प्रतियोगिताको पाँचवटा विद्यालय स्तरीय संस्करण यस अघि २०७१, २०७२, २०७३, २०७९ र २०८१ मा सफल रुपमा आयोजना भईसकेको र + संस्करण पहिलो पटक सम्पन्न हुन गइरहेको हो । प्रतियोगिता Qualifying, Semifinal र Final गरी तीन चरणमा Knock Out पद्तिबाट संचालन हुने छ। प्रतियोगितामा General, Curriculum, Logical, Multimedia, Defending, Gambling and Gasping Round हरुमा दर्ता भएका प्रतियोगी समुह वीच प्रतिस्पर्धा गराइने छ ।

नेशनल साईबर ओलम्पियाड– २०८१ प्रतियोगितामा उत्कृट हुने टिमले तीस हजार नगद पुरस्कार , ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ओरिन्टेसन फागुन ५ गते सुरु भई अन्तिम चरणको प्रतियोगिता फागुनको १५ गते सम्पन्न हुनेछ । 

सुचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरीएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी बिद्यार्थीहरुले प्रतिस्पर्धागरी सुचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने अवसर प्राप्त गर्नेछन् ।

संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले लगातार पाँच वटा स्कूल संस्करणको सफलतापूर्वक सम्पन्नताले आयोजकहरूमा उत्साह मात्र ल्याएन, +२ का विद्यार्थीहरूबाट बलियो माग पनि उत्पन्न भएको बताए, जसले गर्दा प्रतियोगिता +२ का विद्यार्थीहरूमा विस्तार गर्ने निर्णय यस वर्षदेखि गरिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *