बौद्ध धर्म ग्रन्थानुसार श्रीमतीका ७ प्रकार; तपाईकी पत्नी कुन वर्ग कि ?

इन्भेष्टोपेपर ।  असाैज ०७, २०७७

हिन्दू शास्त्रमा जस्तै बौद्ध धर्मसम्बन्धी ग्रन्थमा पनि नारीका चरित्र र स्वभावबारे वर्णन गरिएको पाइन्छ । बौद्ध ग्रन्थमा श्रीमतीका प्रकारलाई विभिन्न सात वर्गमा विभाजन गरिएको पाइन्छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा बयान गर्नु भएकाे उल्लेख गरिएकाे छ । कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो । त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति हुनुहुन्थ्याे । उहाँ आफै, उहाँका छोरा र दुई छोरी साह्रै पनि साह्रै धर्मात्मा थिए ।

अनाथपिण्डिकले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवती सँग गरिदिनुभएकाे थियाे । सुजाताको स्वभाव भने विपरीत । एक पटक भगवान अनाथ पिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ । कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइ दिनुभयाे । त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका श्रीमती बारे उपदेश दिनुभएकाे थियाे ।

यी हुन सात प्रकारका श्रीमती

(१). आयासम (स्वामिनी) श्रीमती :

केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

(२).सखीभरिया (साथी जस्ती) श्रीमती :

श्रीमान देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

(३). मातुसम (आमा जस्ती) :

श्रीमती आमाले छोरोको हित चाहे जस्तै सँधै श्रीमानको हित चाहने हुन्छे । प्राप्त धनलाई राम्रोसित सम्हालेर राख्छे । यस्ती श्रीमती सदाचार युक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

(४). दासीसम (दासी जस्ती) श्रीमती :

कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, श्रीमानको कुरा मान्ने, सहनशील हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे ।

(५). बधक श्रीमती :

जो स्त्री आफ्ना श्रीमान प्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर श्रीमानको अपमान गर्छे, श्रीमानको धनका लागि श्रीमानको बध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।

(६). भगिनीसम (बहिनी जस्ती):

श्रीमती श्रीमानको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

(७).चोरीसम (चोर) श्रीमती :

श्रीमानले कमाएर दिएको धन मध्ये केही अंश लुकाउने श्रीमतीलाई चोरीसम श्रीमती भनिन्छ । यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *