याैन तथा प्रजननका राेचक कुरा : सबैभन्दा बढि बच्चा पाउने महिला …..
इन्भेष्टोपेपर । असाैज ०७, २०७७
सबैभन्दा बढि बच्चा पाउने महिला:
६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रहेकी छिन् । सन् १७२५ देखि १७६५ को बीचमा उनले यतिधेरै बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी हुन् ।
यी महिलाका पतिकाे नाम फियाेडर भ्यासिलेभ हाे । उनका दाेश्री पत्नीका पनि १८ जना छाेराछाेरी जन्मिएका छन । उनले ६ पटक जुम्ल्याहा र २ पटक तिम्ल्याहा गरि ८ बेतमा १८ बच्चाहरू जन्माएकी हुन । यसरी एकै बाबुका ८७ जना छाेराछाेरी छन भने ८२ जना जिवितै रहेका छन ।
विश्वमा सबैभन्दा पाको उमेरमा बाउ:
सबैभन्दा पाका बाबु भारतका नानुराम जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ बन्ने व्यक्ति हुन् । उनले ९० वर्षको उमेरमा छोरो पाएका थिए । उनले आफ्नी चौथो श्रीमतीबाट उक्त छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई छैन । सन्तान धेरै भएर गन्न नभ्याएको उनी बताउँछन् ।
एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स गर्ने महिला:
९ सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर अमेरिकाकी लिजा स्प्राक्सले यो रकेर्ड राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत रहेकी लिजाले सन् २००४ मा यो रेकर्ड राखेकी हुन् । उनको यो रेकर्ड तोड्न अहिलेसम्म कुनै महिला अघि सरेका छैनन् ।
विश्वकी सबैभन्दा बुढी वेश्या:
विश्वकी सबैभन्दा वृद्धा वेश्या ताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार यौन पेशा अँगाल्दै आएकी छिन् ।
— एजेन्सीकाे सहयाेगमा
