बजेट २०७७/०७८ : देशभरका विद्यालयमा दिवा खाजा, सेनेटरी प्याड निशुल्क
इन्भेष्टोपेपर । जेष्ठ १६, २०७७
आगामी आर्थिक वर्षकाे लागि सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका बिद्यार्थीहरूलाई विद्यालयमा टिकाई राख्न हाल ४३ जिल्लामा लागु भएको दिवा खाजा कार्यक्रम देशभर विस्तार गरिने भएकाे छ ।
दिवा खाजाकाे लागि सरकारले रु. ७ अर्ब ५२ करोड रूपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले हिजाेकाे बजेट बक्तव्य मार्फत सार्वजनिक गर्नु भएकाे छ । यस कार्यक्रमबाट २८ लाख बालबालिकाहरू लाभािन्वत हुनेछन्।
यसैगरि देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरि प्याड निशुल्क उपलब्ध गराउन स्थानीय तह मार्फत सशर्त अनुदानको रूपमा रु. १ अर्ब ८२ करोड रूपैयाँ वित्तीय हस्तान्तरण गर्ने कुरा आर्थिक वर्ष २०७७/०७८ काे बजेटमा उल्लेख गरिएकाे छ ।
