लघु, घरेलु तथा साना उद्याेगी तथा व्यवसायीलाई लाग्ने आयकरमा छुट
इन्भेष्टोपेपर । जेष्ठ १६, २०७७
आर्थिक वर्ष २०७६/७७ को बजेटकाे व्यबस्था अनुसार लघु, घरेलु तथा साना उद्याेगी तथा व्यवसायीलाई लाग्ने आयकरमा छुट पाउने भएका छन् ।
अब आय विवरण अनुसार लघु, घरेलुतथा साना उद्याेगि तथा व्यवसायीलाई लाग्ने आयकरमा वार्षिक रु. २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, रु. २० लाख देखि रु. ५० लाख सम्म कारोबार गर्ने करदातालाई ५० प्रतिशत र रु. ५० लाख देखि रु. १ करोडसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएकाे छ ।
यसैगरि लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरि सात वर्ष र महिला उद्यमी द्वारा संचाित लघु उद्यमलाई तीन वर्ष थप गरि दश वर्ष पुर्याइएको छ। यस्तै लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धी कर पनि हटाइएको छ।
यसकासाथै लघु, घरेलु तथा साना उद्याेग, कृषि, पशुपन्छीपालन, पशु उपचार र मास्क बनाउने उद्याेगले पैठारी गर्ने मेसिनरी तथा कच्चा पदार्थ एवं कृषि फार्म तथा कम्पनीले पैठारी गर्ने कृषि यन्त्र उपकरण तथा धान, म कै, गहुँ र तरकारीको वीउ पैठारी गर्दा लाग्ने भन्सार महसुल समेत घटाइएको छ।
