आव २०७७/०७८को बजेट : १४ खर्ब ७४ अर्ब ६४ करोड विनियाेजन (पूर्ण पाठ)

इन्भेष्टोपेपर ।  जेष्ठ १६, २०७७

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएकाे छ । 

अर्थमन्त्री खतिवडाले बिहीबार ४ बजे बसेको संयुक्त बैठकमा वजेट प्रस्तुत गर्नु भएकाे हाे । काेभिड-१९ ले विश्वभर नै लकडाउनकाे स्थिति सामना गर्न परेकाे र राेग विरूद्ध लडन आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा परेको छ ।

नेपाल लगायत विश्व अर्थतन्त्रमा कोरोना भाइरसको प्रभावले शिथिल भएकाे अवस्थामा छ । फलस्वरूप नेपालकाे आगामी वर्षको बजेटमा समेत कोरोना भाइरसको प्रभाव परेको छ । कोरोना भाइरसको प्रभावस्वरुप नै आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको तय भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको थियो ।

आगामी आर्थिक वर्षका लागि विनियाेजित बजेट मध्ये चालु खर्च ९ अर्व ४८ अर्व ९४ कराेड अर्थात ६४.४ प्रतिशत, पुँजीगत खर्च रु. ३ खर्व ५२ अर्ब ९१ करोड अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु. १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात ११.७ प्रतिशत रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएकाे खर्च व्यहाेर्ने श्राेत मध्ये राजस्वबाट रु. ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेिशक अनुदानबाट रु. ६० अर्ब ५२ करोडकाे व्यवस्था गरिएकाे छ । यसरी कुल बजेटमा रु. ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुनेछ भने सो न्यून पूर्तिगर्न वैदेशिक ऋणबाट रु. २ खर्ब ९९ अर्ब ५० करो ड जुटाइनेछ। राजस्व परिचालन र वैदेिशक अनुदान तथा ऋण सहायता परि चालन गर्दापनि नपुग हुने खुद रु. २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।

आगामी आर्थिक वर्षकाे बजेटकाे पूर्ण पाठकाे लागि यहाँ क्लिक गर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *