आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक (पूर्णपाठ)

न्भेष्टाेपेपर । जेठ १५, २०८१

काठमाण्डाैँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज सार्वजनिक गरिएकाे बजेटमा विनियोजित रकममध्ये चालु खर्च तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६६‍‌.३१ प्रतिशत छुट्याइएको छ । 

त्यसैगरि पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ अर्थात् १९ प्रतिशत विनियोजन गरिएको छ । यो अनुमान चालू आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ न्यून हुनेछ ।

यस्तो छ सरकारले सार्वजनिक गरेकाे बजेटको पूर्णपाठः 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *