बजेट ठिक दिशातर्फ उन्मुख छ : उपाध्यक्ष डा.वाग्ले

न्भेष्टाेपेपर । जेठ १५, २०८१

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान ठिक रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

सरकारद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे प्रतिक्रिया दिदैँ उहाँले सरकारले खर्च गर्छु भनेका क्षेत्रले रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्ने मूल प्रश्न रहेको छ भन्नुभयोे । उहाँले भन्नुभयो, “यसमा अर्थमन्त्रीलाई अलिकति शङ्काको लाभ दिन चाहन्छु । पाँच वटा प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रको पनि सहयोग लिएर काम गर्न सकिएमा आर्थिक उन्नतिका लागि टेवा दिन्छ ।” 

बजेटले प्रक्षेपण गरेजस्तो मात्रामा आन्तरिक ऋण उठाउनु नपर्ला भन्ने अनुमान सरकारले गरेको हुनसक्ने प्रतिक्रिया दिँदै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.वाग्लेले सिँचाइ र कृषि क्षेत्रका लागि विनियोजित बजेटले यस क्षेत्रको विकासका लागि केही योगदान दिन्छ भन्ने आफूलाई लागेको बताउनुभयो । सरकारले आगामी वर्ष पर्यटक आगमन १६ लाख पुर्याउने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियादेखि विभिन्न पर्यटकीय पदमार्गहरुको विषय बजेटमा समेट्नु सकारात्मक रहेको उहाँको भनाइ छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले परम्पराको निरन्तरताको रुपमा एक थान बजेट आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “बजेटले निरासामा परेका जनतालाई आशा जगाउन सक्दैन । धेरैलाई चित्त बुझाउनका लागि अङ्क बढाएर ल्याइएको छ । नयाँ कार्यक्रम पनि छैन ।”  (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *