विश्वकप फूटबल – २०२२ काे छनोटमा नेपाल सिधै दोस्रो चरणमा

Investopaper, चैत्र २९, २०७५

पछिल्लोपल्टको फिफा वरीयतामा एसियाको शीर्ष ३४ स्थानमा रहेपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट ‘बाई’ पाएर सिधै दोस्रो चरणमा खेल्ने अवसर पाएको हो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पछिल्लोपल्ट ४ अप्रिल, २०१९ मा जारी गरेको वरीयतामा नेपाली पुरुष टिम १ सय ६१ औं स्थानमा रहेको थियो, जुन एसियाली वरीयतामा ३४ औं स्थान हो ।

एसियाली फुटबल महासंघ (एएफसी) का अनुसार एसियाली वरीयताका शीर्ष ३४ टिमले छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने जनाएको छ । त्यसैअनुसार नेपालले विश्वकप छनोटमा पहिलोपल्ट सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने मौका पाएको छ । वरीयतामा पुछारका १२ टिम ९३५–४६ औं० प्ले–अफबाट गुज्रिनेछन् ।

नेपालले विश्वकप छनोटमा प्रवेश गरेको ३३ वर्षे इतिहासमा सन् २०१४ को संस्करणमा मात्र प्रारम्भिक चरण पार गरेर दोस्रो चरण खेलेको थियो । दशरथ रंगशालामा भएको प्ले–अफमा टिमोर लेस्टेलाई २–१ र ५–० ले पराजित गरेको नेपाली टिम त्यस बेला दोस्रो चरणमा जोर्डनविरुद्ध हारेको थियो । अम्मानमा ९–० ले हारेको पाँच दिनभित्रै नेपालले भरत खवासको आकर्षक गोलसँगै घरेलु मैदानमा भएको दोस्रो लेगमा जोर्डनलाई १–१ मा रोकेको थियो ।

नेपालले पछिल्लोपल्ट कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थयो । कुवेती भूमिमा तीन साताअघि भएको खेलमा पहिलो प्रतिस्पर्धा गोलरहित टुंग्याएको नेपाल दोस्रोमा १–० ले हारेको थियो । फिफा वरीयताको १ सय ५६ औं स्थानमा रहेको कुवेतले पनि सिधै विश्वकपको दोस्रो चरणमा खेल्नेछ । आजको कान्तिपुर दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *