वैज्ञानिक निष्कर्ष : साङ्लाको दूध पाैष्टिकताले परिपूर्ण

Investopaper, असार ३०, २०७६

दूधमा सबै प्रकारकाे पाैष्टिक तत्व पाइने हुनाले पूर्ण भाेजन (पर्फेक्ट फूड) काे संज्ञा दिइएकाे छ । आजसम्म हामी सबैले गाई, भैँसी, बाख्रा लगायतका जनावरको दूध खाएका छाै होला । प्रोटिन लगायतका विभिन्न पोषक तत्व हुने दूधलाई निकै गुणकारी खानेकुरा मानिन्छ ।

स्तनधारीको दूध हुनु स्वभाविकै हो । तर के तपाइँले कुनै किट पतङ्गको दूधको बारेमा सुन्नुभएको छ ? अझ किराको दूध गाईको दूध भन्दा पनि धेरै फाइदाजनक हुन्छ भन्ने सुन्दा सायद पत्याउनु हुन्न होला ।

हो, यो दुनियामा एउटा यस्तो प्रजातिको साङ्ला छ, जसले दूध दिन्छ । उक्त साङ्लाले अण्डा पार्दैन, बच्चा जन्माउँदछ । उक्त साङ्लाको दूधमा अन्य जनावरको दूधको तुलनामा निकै धेरै पौष्टिक तत्व हुन्छ ।

विश्वका विभिन्न दशेका मानिसहरुले साङ्लाको सेवन गरिरहेका छन् । आउँदा दिनमा त्यहीँ साङ्लाको दूधले विश्वव्यापी बजार पिट्नेवाला छ ।

भारतका वैज्ञानिक सुब्रमण्यम रामाश्वमईले यस विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार दूध दिने साङ्ला प्रजातिको नाम डिप्लोप्टेरा पंक्टाटा अर्थात् प्यासिफिक बिटल कक्रोच हो ।


Diploptera punctata

यो साङ्लाका बच्चा धेरै समयसम्म बाँच्दछन्, निकै स्वस्थ हुन्छन् । त्यसको मुख्य कारण चाहीँ साङ्लाको दूध नै हो ।

अध्ययनको क्रममा गाईको दूधमा भन्दा उक्त साङ्लाको दूधमा चार गुणा बढी पौष्टिक तत्व पाइन्छ । साङ्लाको दूधमा प्रोटिन क्रिस्टल नामको एक धातु पाइन्छ । जसले उक्त दूधलाई निकै पौष्टिक तथा शक्तिशाली बनाउँदछ ।

एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *